अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

पाराग्वेमा चोरले ४२ ओटा शक्तिशाली राइफल चोरेको खुलासा

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२६ मा प्रकाशित

पाराग्वेमा प्रहरीको शस्त्रागारबाट चोरले ४२ ओटा शक्तिशाली राइफल चोरेको खुलासा भएको छ । अनुसन्धानका क्रममा अधिकारीहरुले ती राइफलको ठाउँमा काठ र प्लास्टिकका नक्कली हतियार फेला पारेको जनाईएको छ ।‘कालोबजार’मा १० हजार अमेरिकी डलरसम्म राइफल बिक्रीमा राखेको फेलापरेपछि अनुसन्धान अगाडि बढाइएको थियो ।

पछि फेलापरेका ती राइफलहरु अहिले भन्डारण गरिएपनि केही भने अझैपनि काम लाग्ने अवस्थाका छन् । चोरिएका राइफलहरु तस्करहरुले अर्जेन्टिना र ब्राजिलसम्म पु¥याएको विश्वास गरिएको छ । पाराग्वेका सन्चारमाध्यमहरुले नक्कली राइफलको तस्वीर प्रकाशित गरी मुलुकको प्रहरी संगठनको इतिहासमा यो सबैभन्दा लज्जास्पद कान्ड भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू