अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

अमेरिकाको फ्लोरिडामा सामूहिक गोली प्रहार, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा २ जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो । कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ ।

गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् । घटनामा ९ जनालाई गोली लागेको बताइएको छ । प्रहरीले अहिले क्षेत्र क्षेत्रमा व्यापक सर्च अभियान चलाएको छ । प्रहरीले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजानसमेत अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू