अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

जनतालाई करको मारमा पार्दैनौं– जनप्रतिनिधी ( नेपाली कांग्रेस )

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् । नेपाली कांग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका हुन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनतालाई मारमा पार्ने गरी कर नलिएको बताउनुभयो । घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भए पनि सरकारले गत वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको उहाको गुनासो थियो । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनतालाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको वताउनुभयो । उहाँले जनतालाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रित रहेको पनि दावी गर्नुभयो ।

वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले जनतालाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनतालाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पनि पार्टी नेतृत्वलाई जानकारी गराउनुभयो । रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार सञ्चालन ऐनअनुसार कर लिएको दावी गर्नुभयो । जनताले दिएको सुझावको आधारमा करसम्बन्धी कार्यविधीलाई परिमार्जन गर्दै लैजाने उहाको प्रतिवद्धता थियो । सोमबार कांग्रेस पार्टी कार्यालयमा भएको प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू