अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

लेनिन प्रकरणः प्रधानमन्त्रीद्धारा गृहमन्त्री संग स्पष्टिकरण माग

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी लडाकु लेनिन विष्टलाई एयरपोर्टमा रोकिएको वारे गृहमन्त्री रामबहादुर थापा बादलसँग स्पष्टिकरण माग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रीलाई निर्देशन दिनुभएको हो ।

सोमबार बिहान सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पु¥याउने पनि स्पष्ट पार्नुभयो । शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो ।

बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको भन्दै रोकिएको थियो । विष्टले गृहमन्त्रीका प्रवक्ता सूर्य सुवेदीको निर्देशनमा आफूलाई एयरपोर्टमा रोकिएको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू