अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

निर्मला हत्या प्रकरणः प्रधानमन्त्रीको एक्सन

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको वताउनुभएको छ । सोमबार विहान मुख्य सञ्चारमाध्यमका सम्पादकहरु संगको छलफलमा उक्त घटनालाई त्राशदीपूर्ण भन्दै ओलीले हालसम्म प्रहरी अनुसन्धान प्रति विश्वास गरिएको र थप अध्ययन् र प्रभावकारी अनुसन्धानका लागि केन्दीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि परिचालन गरिएको जानकारी दिनुभयो । घटनालगत्तै भएको प्रहरी अनुसन्धान प्रति शंका रहेको प्रधानमन्त्रीको भनाई थियो ।

पीडितका वुवासँगको सोधपुछका क्रममा शंकास्पद गतिविधि भएको रिपोर्ट आफुहरुले पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसैकारण सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको स्पष्ट पार्नुभयो । घटनाका मूख्य अपराधी पक्राउ गर्न कुनै पनि कसर वाँकी नराख्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू