अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

पार्टी एकता वर्षौदेखि आफैभित्र थुप्रिएको फोहोरमैला सफा गर्ने महान अवसर – प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी एकता पार्टी एकता वर्षौदेखि आफैभित्र थुप्रिएको फोहोरमैला सफा गरी पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने महान अभियान भएको वताउनुभएको छ । सोमबार राजधानीमा काठमाडौं–सर्लाही सम्पर्क मञ्चले सर्लाहीबाट निर्वाचित सांसदहरुलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा वताउनुभएको हो । प्रचण्डले पार्टी एकता प्रति इमानदार हुन सबैलाई आग्रह गर्दै उहाँले पार्टी एकता आफैभित्रको फोहोर मैला सफा गर्ने तथा शुद्धीकरण र सुदृढीकरणको महान अभियान पनि रहेको प्रष्ट पार्नुभयो ।

प्रचण्डले आफूहरु देशभर एउटा महान राष्ट्रिय अभियान लिएर जाने अन्तिम तयारीमा रहेको वताउनुभयो । प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनको एकतालाई अन्तिम रुप दिइसकेपछि आफुहरु देशव्यापी अभियान सञ्चालन गर्ने तयारीमा रहेको र त्यस्तो महान अभियान राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय अभियानकै रुपमा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपाको शीर्ष नेतृत्व पार्टी एकता र सरकारका काम कारबाही लगायतको विषयका सम्बन्धमा गमभीर समीक्षामा रहेको प्रचण्डको भनाई थियो । सो अवसरमा उहाँले आफू र नेकपाले जनता र कम्युनिष्ट आन्दोलनसँग गरेका संकल्प पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सरकारले जनआकांक्षा, सम्वृद्ध नेपाल र सुखी नेपाली बनाउन लागि परे पनि प्रतिक्रियावादी र जाली फटाहाहरुले ठूलो षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू