अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

गण्डकी प्रदेश– कामविहिन संसद, सूचना टाँसेर बैठक स्थगित

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:१७ मा प्रकाशित

गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगित भएको छ । सोमबार १ बजेका लागि डाकिएको बैठक १ सातासम्मको लागि स्थगित भएको हो । विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगित भएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिनुभयो । प्रदेशसभा सचिवालय ब्यवस्थापन कार्यविधी र प्रदेश कानुनको संशोधन विधेयक विधायन समितिमा छ ।

समितिको बैठक बस्न नसकेका कारण छलफल नै नभएको समितिका सभापति मोहन रेग्मीले वताउनुभयो । आउँदो बैठकमा विधेयक पेश गर्ने उहाँको भनाई छ । साउन ३१ गते बसेको बैठकले भदौ ११ गतेसम्म वैठक स्थगित गरेको थियो । पछिल्लो समय संसद बैठक निकै लामो समयसम्म स्थगित हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू