अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

पुष्पा मृत्यु प्रकरण–घटना छानवीनको माग गर्दै जिप्रकामा धर्ना

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:१५ मा प्रकाशित

पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीय वासिन्दाहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । बालिकाको हत्या भएको आशंकामा निष्पक्ष छानविनको माग गर्दै उनीहरु धर्नामा वसेका हुन् । लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका अगाडी प्रदर्शन समेत गरेका छन् ।

स्थानियहरुले अस्पतालले झुठो रिपोर्ट दिएर घटनालाई तोडमोड गर्न खोजेको आरोप समेत लगाएका छन् । प्रदर्शन र धर्नाका क्रममा उनीहरुले झुठो रिपोर्ट फिर्ता ले, सत्यतथ्य छानवीन गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर लगाएका थिए ।
यसैवीच, नेविसंघ कास्कीले विज्ञप्ती निकालेर घटनाको विरोध जनाएको छ । सभापति बिक्रम गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा बलात्कार प्रयास पछि हत्या भएको भन्दै हत्यारालाई पत्ता लगाएर कारबाही गर्न माग गरिएको छ । परिवारले पनि हत्या भएको आरोप सहित प्रहरीकोमा जाहेरी दिएका छन् । पुष्पाकी आमा गोमा केसीले छोरी सुस्त मनस्थितिको भएको भन्दै आत्महत्या नभई हत्या नै भएको वताउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू