अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

पोखरामा भदौ १५ र १६ गते तायाःमचा नृत्य प्रतियोगिता हुने

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:१४ मा प्रकाशित

पोखरामा यस पटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आव्हान तथा तेर्सापट्टी तायःमचा नाच समिति पोखराको आयोजनामा आउँदो भदौ १५ र १६ गते तायाःमचा प्रतियोगिता तथा सांस्कृतिक महोत्सव २०७५ को आयोजना गरिने भएको हो । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीको सडकमा आयोजना गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै संस्कृति बचाउने उद्धेश्यले गरिन लागेको प्रतियोगितामा २८ समूहले भाग लिने नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । प्रतियोगितामा पोखराबाट २१ र लेखनाथबाट ७ वटा समूहले प्रतिस्पर्धा गर्ने जनाईएको छ । सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच र खानाका स्टलहरु पनि राखिने नेवाःखल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तेश्रो हुनेलाई १० हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक तेर्सापट्टी तायाःमचा नाच समितिका अध्यक्ष कृष्ण कतिलाले जानकारी दिनुभयो । त्यस्तै, उत्कृष्ट महिला समूहलाई १५ हजार र उत्कृष्ट जोकरलाई ५ हजार तथा अन्य विधागत उत्कृष्ट प्रतियोगिलाई २/२ हजार प्रदान गरिने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू