अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

एउटै भिडियोमा पल, पुष्प निराजन र दीपिका

बिआरटीनेपाल २०७५ भदौ १० गते १०:४५ मा प्रकाशित

काठमाडौँ– अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङका शब्दहरूको नयाँ“ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा गायक सुमन केसीको स्वरको उक्त गीतमा शङ्कर थापा स्माइलको कर्णप्रिय सङ्गीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् । 

भाव सागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा अहिलेका चर्चित अभिनेताहरू पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । ती तीन जना चकलेटी अभिनेताहरूलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् । झन्डै एक साता लगाएर छायाङ्कन गरिएको उक्त भिडियोमा झन्डै १० लाख रुपैयाँ“ लगानी गरिएको बताइन्छ । मल्टि स्टारर भनिएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महँगो समेत भनिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।

भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष् पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन् । सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समूहले छायाङ्कन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्रँफर हुन् । टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो ।

 

 

प्रतिक्रिया