अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

केरलाका बाढीपीडितलाई एनआरएनए नाइजेरियाद्वारा सहयोग

बिआरटीनेपाल २०७५ भदौ १० गते ९:४० मा प्रकाशित

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरी नाइजेरियन दुई लाख पचास हजार ( नेपाली रु. पचहत्तर हजार ) आज लेगोसमा एक विशेष कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

राष्ट्रिय समन्वय परिषद् नाइजेरियाका अध्यक्ष जनक विष्टले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा उक्त सहयोग रकम केरला समाज नाइजेरियाका अध्यक्षलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, अन्तर्राष्ट्रिय समन्वय परिषद् अफ्रिका क्षेत्रका क्षेत्रीय महिला उपसंयोजक मन थापा, एनसिसि नाइजेरियाका सदस्यहरू आशा श्रेष्ठ सरकार र कृति अग्रवालको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू