अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

सांसद आचार्यद्धारा जनैपूर्णीमाको शुभकामना

बिआरटीनेपाल २०७५ भदौ १० गते ९:२९ मा प्रकाशित

काठमाडौँ, नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले जनैपूर्णमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सांसद आचार्यले आज एक विज्ञप्ति जारी गरी हिन्दु नेपालीहरूको चाड जनैपूर्णमा तथा रक्षाबन्धनका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

हिन्दु शास्त्रअनुसार सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेपछि रक्षाबन्धनको विधिवत सुरुवात भएको हो, विज्ञप्तिमा भनिएको छ । सांसद आचार्यले आज रसुवाको गोसाइकुण्डमा जनैपूर्णीमाको अवसरमा भव्य मेला लाग्ने गरेको भन्दै उक्त मेलामा उपस्थित भई धर्म प्राप्त गर्न सबैलाई आग्रह समेत गर्नुको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू