अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

एसियाली खेलकुद कराँतेमा थप तीन खेलाडीबाट पदकको आशा समाप्त

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:५४ मा प्रकाशित

एसियाली खेलकुदको कराँतेतर्फ नेपालका थप तीन खेलाडीबाट पदकको आशा सकिएको छ । कराँतेको कुमितेतर्फ पुरुष ६० केजी मुनिको तौल समूहमा नेपालका सोनाम लामा भियतनामका खेलाडीसँग पराजित भएका छन् । लामालाई भियतनामका भान हाई गुएनले ३–० ले हराएका हुन् ।

यसैगरी पुरुष ६७ केजी मुनिको तौल समूहमा नेपालका बिजय लामालाई जापानका खेलाडी हिरोतो सिनोहाराले १–० ले पाखा लगाए । कुमितेकै महिला ६१ केजी मुनिको तौल समूहमा सुनिता महर्जनलाई थाईल्याण्डकी आर्म सुकियाले ४–१ ले पराजित गरिन् ।

८ खेलाडी सहभागी कराँतेतर्फ नेपालका अब दुई खेलाडीले खेल्न बाँकी छ । महिला ५० केजी मुनिको तौल समूहमा अनु अधिकारीले भोलि मकाउकी चिङ छेउङसँग खेल्दा पुरुष ८४ केजी मुनिको तौल समूहमा दिवस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू