अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

अमेरिकी सिनेटर जोन मेकनको ८१ वर्षका उमेरमा निधन

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:५३ मा प्रकाशित

अमेरिकी सीनेटर जोन मेकनको निधन भएको छ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका मेकनको ८१ वर्षका उमेरमा निधन भएको हो । उहाँ भियतनाम युद्धका एक भेट्रान सैनिक हुनुहुन्थ्यो । ब्रेन ट्युमरका कारण सन् २०१७ देखि थलिएका मेकनको उपचारकै क्रममा निधन भएको उहाँको कार्यालयले जनाएको हो ।

आफ्ना बुबाले अमेरिकी जनताको हित र प्रेमका लागि जीवन समर्पण गरेको छोरी मेघानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ६ पटक सिनेटमा रहेका मेकनलाई रिपब्लिकनले सन् २००८ का लागि अमेरिकी राष्ट्रपति पदको उम्मेदवार बनाएको थियो । भियतनाम युद्धका समयमा भने मेकन युद्धक विमानका पाइलट हुनुहुन्थ्यो ।

उहाँले उडाएको विमानलाई भियतनामी सेनाले खसालेर उहाँलाई पाँच वर्षसम्म युद्ध बन्दी बनाएको थियो । युद्धबन्दी रहँदा चरम यातनाका कारण मेकन अपांगसमेत हुनुभएको थियो । मेकनको मृत्युमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामालगायत नेताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू