अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

रोहिग्या शरणार्थीहरुद्धारा शिविरमै न्यायको माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:५१ मा प्रकाशित

म्यानमारको सैनिक दमनका कारण मुलुक छाड्न बाध्य भई छिमेकी देश बंगलादेशलगायतका मुलुकमा पुगेका रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सैनिक दमनको एक बर्ष पुगेको सन्दर्भमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । आफन्तहरुमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै उनीहरुले आफु रहेको शिविरमै कार्यक्रम गरेको जनईएको छ ।

सैनिक दमनका कारण म्यानमारका करिब ७ लाख रोहिंग्या स्थानिय राखाइन राज्यबाट पलायन भएका थिए । बंगलादेशमा रहेको शिविरमा शरणार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । सो अवसरमा उनीहरुले रोहिंग्याको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भनी कामना समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू