अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

प्रकाण्ड र रेशम चौधरी लाई राजनीतिक व्यवहार गर्न नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको माग

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:५० मा प्रकाशित

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र जेलमा रहेका कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरी लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।

अदालतले प्रकाण्डलाई छोड्ने तर, फेरि पटक-पटक मुद्दा लगाएर सरकारले समात्ने गर्दा पञ्चायतकालको हस्को आएको उल्लेख गर्दै संयोजक भट्टराईले सबैले पञ्चायत कालको व्यवहार सामना गर्दै आइसकेकोले प्रकाण्ड र चौधरीलाई त्यस्तो व्यवहार गर्न नहुने तर्क गर्नुभयो । उनीहरुलाई राजनीतिक ढंगले व्यवहार गर्नुपर्ने भट्टराईको भनाई थियो ।

कैलाली १ बाट निर्वाचित भएका रेशम चौधरीलाई सदनमा सपथ ग्रहण गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै डा. भट्टरार्ईले तत्काल चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । टीकापुरको घटना दःखद् रहेको र सवैले त्यो घटनाको निन्दा गरेको उल्लेख गर्दै डा. भट्टराईले रेशम चौधरीलाई मात्र पहिला नै कुनै मुद्दा नै नचलाइकन अहिले अपराधी करार गरेरसपथ ग्रहण गर्न नदिनु उपयुक्त नहुने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू