अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

कञ्चनपुर घटनामा राजनीति नगर्न नेकपा नेता रावलको चेतावनी

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:४६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कञ्चनपुर घटनालाई लिएर आफूसहित पार्टीका सांसद्हरुमाथि प्रहार गर्ने काम भइरहेको भन्दै त्यस्तो कार्य बन्द गर्न चेतावनी दिनुभएको छ । नेता रावलले कञ्चनपुर घटनाका दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग पुनः माग गर्नुभयो ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले आफूलगायत पार्टीका त्यस क्षेत्रका २३ जना सांसदहरुले बालिका निर्मला पन्तको हत्यारालाई छानबिन गरी कार्वाही गर्न सरकारलाई दवाव दिँदै आएको पनि स्मरण गराउनुभयो । नेता रावलले घटनालाई राजनीतिकरण गरेर अपराधिलाई लुकाउने पापकर्ममा कोही पनि लाग्न नहुने तर्फ सचेत गराउनुभयो । उहाँले मुलुकलाई विधिको शासनतर्फ उन्मुख गराउन आफूहरु प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

नेता रावलले कञ्चनपुरमा बालिका पन्तको हत्यारालाई कार्वाही गर्न माग गर्दै भएको आन्दोलनमा घाइते भएकाहरुलाई तत्काल उपचारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू