अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

कांग्रेस सभापति देउवाद्धारा सरकारको चर्को आलोचना

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:४४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्नुभएको हो । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका देउवाले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको सो कार्यको निन्दा र भत्र्सना पनि गर्नुभएको छ ।

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एक जना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाले रोष प्रकट गर्नुभयो । देउवाले कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट वालकको मृत्यु र अन्य कैयौँ घाइते भउको उल्लेख गर्दै सरकारको दमनकारी शैलीको निन्दा गर्नुभयो ।

अपराधी जोगाउन राज्य नै लागेको बताउँदै सभापति देउवाले जनताले अब न्याय माग्न कहाँ जाने भनी प्रश्न गर्नुभयो । निर्दोषलाई दोषीका रुपमा किटानी गरेर कारबाही प्रक्रिया अगाडि बढाएको विषय अपराधको पराकाष्ठा रहेको दावी गर्दै देउवाले यस्तो कार्यमा गम्भीर बन्न सरकारलाई आग्रह समेत गर्नुभएको छ । निर्मला पन्त मुलुकका लागि एक प्रतिनिधि पात्र मात्रै भएको बताउँदै यस्ता घटना रोक्न सबैले हातेमालो गर्नुपर्ने देउवाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू