अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

प्रतिनिधिसभामा गोपनियतासम्बन्धी विधेयक पेश

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:४३ मा प्रकाशित

सरकारले ‘वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५’ संसदमा पेश गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको आईतबारको बैठकमा वैयक्तिक गोपनियतासम्बन्धि विधेयक, २०७५ पेश गर्नुभएको हो । त्यसैगरी बैठकमा दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

यसैगरी, वैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको तर्फबाट सहरी विकास मन्त्री मोहम्मद इस्तियाद राईले प्रस्तुत गरेको ‘जनस्वास्थ्य विधेयक, २०७५’ र मन्त्री राईले प्रस्तुत गरेको ‘आवासको अधिकारसम्बन्धि विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू