अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

रौतहटमा तीन दर्जन यात्रु बोकेको डुंगा दुर्घटना, उद्धार कार्य हुँदै

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:४९ मा प्रकाशित

रौतहटको टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको छ । करीब तीन दर्जन यात्रु बोकेको डुङ्गा साँझ ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेका मध्ये १० जना पौडी खेलेर बाच्न सफल भएको र ५ जनालाई स्थानीय र प्रहरीले उद्दार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभएको छ ।

अन्य बेपत्ताको खोजीका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको रौतहट प्रहरीले जनाएको छ । पछिल्लो केहि दिनदेखि लालबकैया नदीमा बाढी आउँदा पानीको बहाव उच्च छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू