अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

आरा रारा गोल्ड कप प्रतियोगिताको आय व्यय सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:४४ मा प्रकाशित

गत माघमा पोखरामा सम्पन्न १६ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । पोखरामा शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितावाट करिब २४ लाख रुपैयाँ बचत भएको जानकारी दिईयो । प्रतियोगिता सम्पन्न भएको आठ महिनापछि सहाराले शनिबार आय ब्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा कुल ९४ लाख ४१ हजार १ सय ४८ रुपियाँ आम्दानी भएको र ७० लाख ६५ हजार ५० रुपियाँ खर्च भएर २३ लाख ७६ हजार रुपैयाँ नाफा भएको सहारा क्लवले वताएको छ ।

प्रतियोगितामा सवैभन्दा बढि खर्च दैनिक खेलाडी भ्रमणमा भएको छ । जसमा २८ लाख २२ हजार ५ सय ६० रुपियाँ, ग्राउण्ड, प्याराफिट ब्यवस्थापनमा ६ लाख ३६ हजार ९ सय ९६ रुपियाँ खर्च भएको प्रतियोगिता अर्थ संयोजक उपसमिति संयोजक टिकाबहादुर कार्कीले वताउनुभयो । त्यस्तै खेलाडी प्रोत्साहनमा ११ लाख ६२ हजार, रेफ्रि खर्च ४ लाख ६३ हजार ५ सय ३० रुपियाँ खर्च भएको छ ।

गोल्ड कपबाट संकलित रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरणपोषणमा खर्च गरिने सहाराका अध्यक्ष केशबवहादुर थापाले जानकारी दिनुभयो । सहारा एकेडेमीमा १४ जिल्लाका अनाथ, गरिव र असहाय बालबालिका रहेका छन् । फुटबल खेल मार्फत सामाजिक सेवाको उद्देश्यले लिएर स्थापना भएको क्लबले विगत १६ वर्षदेखि प्रतियोगिता संचालन गदै आएको छ ।

प्रतिक्रिया