अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको एउटा घरभित्र पुग्ने सुरुङ फेला

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:४१ मा प्रकाशित

अमेरिकाको एरिजोनाबाट मेक्सिकोको लुइस रियो कोलोराडो शहरको एउटा घरसम्म पुग्ने गरी खनिएको सुरुङ फेला परेको छ । अमेरिकी अधिकारीहरुका अनुसार झन्डै १८० मिटर लामो यो सुरुङ लागूपदार्थ तस्करीको लागि प्रयोग भइरहेको पाइएको दावी गरिएको छ । गएको हप्ता यो सुरुङबारे पत्ता लागेपछि दक्षिणी एरिजोनामा रहेको त्यो घरका मालिक इवान लोपेन्जलाई पक्राउ गरिएको छ ।

सुरुङ्ग पत्ता लागेसंगै प्रहरीले १० अर्ब रुपैयाँभन्दा धेरैको लागूऔषध समेत भेटेको जनाइएको छ । अनुसन्धानकर्ताले लोपेजको घरमा रहेको पुरानो केएफसी रेस्टुरेन्टमा छानबिन गर्दा रेस्टुरेन्टको किचेनभित्र सुरुङ फेला पारेका हुन् । जुन सुरुङ मेक्सिकोको एउटा घरमा रहेको ओछ्यानमुनि गएर टुंगिन्छ ।

सुरुङबाट डोरीको सहयोगले लागूऔषध बाहिर निकालिने गरेको बताइएको छ । लागूऔषध लुकाउन प्रयोग भएको सुरुङ फेला परेको यो पहिलो घटना भने होइन । दुई वर्षअघि क्यालिफोर्नियाको सान डिएगोमा लागूऔषध लुकाउन प्रयोग गरिएको २ हजार ६ सय फिट लामो सुरुङ फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू