अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

पोखरामा वालिकाको रहस्यमय मृत्यु, अनुसन्धान जारी

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:३५ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी एक बालिकाको रहस्यमय मृत्यु भएको छ । स्थानिय १३ वर्षीया वालिका पुष्पा केसीको रहस्यमय ढंगबाट मृत्यु भएको हो । बिहिबारदेखि बेपत्ता भएकी केसीको शुक्रबार साँझ शव भेटिएको थियो । केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनि झाँडीमा भेटिएको जनाईएको छ । उनको शव भएको स्थानबाट करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएको पुष्पाका काका ध्रुव केसीले जानकारी दिनुभयो । शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पोष्टमार्टमबाट पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाँचिएको देखिएको छ ।

पोष्टमार्टमको पूर्ण विवरण भने आइतबार मात्रै आउने अस्पतालले जनाएको छ । पहिलो चरणको पोष्टमार्टमको रिपोर्टबाट पुष्पाको मृत्यु चोटपटकबाट भएको देखिएको पुष्पाका आफन्तहरुले जनाएका छन् । कास्कीका प्रहरी प्रमुख ओम रानाले हत्या वा लडेर मृत्यु के भएको हो ? यसै भन्न नसकिने वताउनुभएको छ ।

स्थानीयले बलात्कारपछि हत्या भएको बताए पनि पोष्टमार्टममा बलात्कार गरेको नदेखिएको अस्पतालको भनाइ छ । विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा बिहिबार साढे ५ बजे विद्यालयको बसबाट घरभन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन । साँझसम्म घरमा नआएपछि बिहिबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको झोला भने केही पर चौतारोमा भेटिएको थियो । विद्यालयले घटना दुःखद भएको भन्दै सत्य, तथ्य यथाशीघ्र छानबिन गरी वास्तविकता पत्ता लगाउन माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू