अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

समृद्ध, सुखी नेपालीका लागि सरकारले सही बाटो समाएको प्रधानमन्त्री ओलीको दावी

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सरकारले सही बाटो समाएको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी शिक्षालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका विचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाई आत्मसात गरेर अघि बढीरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले छिमेकी देशहरुसँग निकट, बराबरीको हैसियत र एउटा सार्वभौम राष्ट्रका रुपमा सम्बन्ध विकास गर्ने बताउनुभयो । जननेता भण्डारीले नेपालमा छुट्टै प्रकारको सामाजिक आन्दोलन स्थापित गरेको प्रधानमन्त्रीको भनाई थियो । शिक्षालयको उद्घाटन संगै भक्तपुरको खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा ३ हप्ते प्रशिक्षण शुरु भएको छ । नेपालमा माक्र्सवाद सृजनात्मक प्रयोग विषयमा सुरु भएको प्रशिक्षणमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फिलिपिन्स, पूर्वी टिमोर, थाइल्याण्ड, बंगलादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागी छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू