अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

कञ्चनपुर घटनामा गृह मन्त्रालयको एक्सन, एसपी विष्ट निलम्बित

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:२८ मा प्रकाशित

कञ्चनपुर घटनामा गृह मन्त्रालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको जानकारी दिनुभएको छ । कञ्चनपुर घटनामा विष्टको भूमिका शंकास्पद रहेको देखिएकाले विष्टलाई निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्थानीयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै आन्दोलन कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् ।

आन्दोलनकै क्रममा भीडलाई तितरबितर पार्न गोली चलाएपछि भदौ ७ मा विष्ट सहित डीएसपी र प्रजिअ समेतलाई गृह मन्त्रालयले कञ्चनपुरको जिम्मेवारीबाट हटाएको थियो । निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै समिति पनि गरिसकेको छ । मन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । समितिले छानबिनलाई तीब्रता दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू