अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न कुनै कसर वाँकी नराख्ने प्रधानमन्त्री ओलीको भनाई

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने वताउनुभएको छ । घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न गएका नेकपाका कैलाली र कञ्चनपुरका सांसद र केन्द्रीय सदस्यहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले घटना सम्वन्धमा छानविन शुरु भैसकेको र दोषी छिट्टै कारबाहीको दायरामा आउने वताउनुभयो ।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेकपाका स्थायी समिती सदस्य भीम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो । सो समूहले दोषीमाथि कारबाहीको माग गर्दै आजै एक संयुक्त वक्तब्य पनि निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू