अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

सिस्टर ग्रुप कोलोराडोको आयोजनामा तिज कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७५ भदौ ८ गते १२:१५ मा प्रकाशित

सिस्टर ग्रुप कोलोराडोको आयोजनामा आगामी सेप्टेम्बर २ तारिख नर्थग्लेन युनाईटेड मेथोडिस्ट चर्चमा साझं ५ देखी १० बजे सम्म तीज पार्टी हुने भएको छ ।

हरितालिका तीज आउन केही साता बाँकी भए पनि कोलोराडोमा तीजको चहल पहलले छपक्कै छोपिसकेको छ । एक महिना भित्र मात्र आधा दर्जन भन्दा बढी तीजका कार्यक्रमहरू डेनभर मेट्रो वरपर आयोजना हुँदैछन् ।

प्रवासमा दसैँ तिहारपछि सबैभन्दा ठुलो चाडका रूपमा तिजलाई लिन थालिएको छ । ‘प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकै दिन भए पनि नेपाली लोकलय गाउने धोको फुकाएर नाचगान गर्ने हाम्रो उद्देश्य हो’, सिस्टर ग्रुप कोलोराडो संयोजक धन पौडेलले बिआरटी नेपालसँग भनिन् । उनी थप्छिन्, परदेशमा रहेका चेली बेटीहरूलाई माइतीको अभाव महसुस नहोस् भन्ने उदेश्यले सबैलाई खुल्ला रूपमा आमन्त्रण गरिएको यो कार्यक्रम सबै नेपाली चेलीबेटीको लागि हो । नेपाली कला संस्कृतिलाई जोगाउने र भावी पुस्तालाई सिकाउने उद्देश्य अनुरूप महिलाको महान् चाडलाई प्रवासमा पनि निरन्तरता दिने आफूहरूको प्रयास जारी रहेको पौडेलले भन्छिन् ।

प्रतिक्रिया