अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

यस पालीको तिज क्या रमाइलो हुने हो अमेरिकामा सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ ८ गते ११:३२ मा प्रकाशित

गायक रुपेश न्यौपाने तथा गायिका टिका पुनको आवाजमा ‘यस पालीको तिज क्या रमाइलो हुने हो अमेरिकामा” नामको बोलको तीज गीतको भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । गीतमा सूर्य न्यौपानेको शब्द तथा सङ्गीत रहेको छ ।

बब्बु थापाको निर्देशनमा बनेको गीतको भिडियोमा भने दिनेश भट्टराई र मञ्जु भट्टराइलाइ फिचरिङ गरिएको छ । उनिहरुलाई सिस्टर ग्रुप कोलोराडोले सामूहिक नाच गरेर सहयोग गरेका छन् । उक्त तिजको गीतलाई अमेरिकाको डेनभर सहरमा छायाङ्कन गरिएको छ । बब्बु थापाकै कोरियोग्राफर रहेको गीतको भिडियोमा क्रिक गिलोन तथा पवन सिम्खडाको छायाङ्कन, पवन सिम्खडाको सम्पादन छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू