अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

स्कट मोरिसन अष्ट्रेलियाको प्रधानमन्त्रीमा चयन

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:३८ मा प्रकाशित

अष्ट्रेलियामा सत्तारुढ लिबरल पार्टीले वहालवाला प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीका रुपमा चुनेको छ । अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिष्पर्धी पिटर डटनलाई गोप्य मतदानमा ५ मतले पराजित गर्नुभएको छ । मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मतमात्रै प्राप्त गर्नुभएको हो । मतदानमा अर्का प्रतिस्पर्धी जुली बिसप भने पहिलो चरणबाटै वाहिरिनुभयो ।

अष्ट्रेलियामा सन् २००७ को निर्वाचन पछि ६ जना प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि डटनले मालकोम टर्नबुललाई प्रधानमन्त्रीबाट नहटाए आउँदो वर्ष मे मा हुने निर्वाचन जित्न नसकिने धारणा राख्नुभएको थियो । सन् २०१५ मा प्रधानमन्त्री बनेका टर्नबुल नयाँ प्रधानमन्त्री छान्न लिबरल पार्टीका बहुमत सांसदले आवेदन दिएपछि पछि हट्नुभएको थियो । उहाँले संसदबाटै राजीनामा दिने वताउनुभएको छ ।

टर्नबुलले पत्रकार सम्मेलनमा पार्टीभित्रका केही मानिस र मिडियाका केही शक्तिशाली आवाजले सरकार ढाल्नभन्दा आफूलाई प्रधानमन्त्रीबाट हटाउन योजनाबद्ध रुपमा काम गरेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू