अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

किशोरी बलात्कार र हत्या प्रकरण- कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १ प्रदर्शनकारीको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:१९ मा प्रकाशित

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना भन्दा बढी घाइते भएका छन् । शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागी अन्दाजी १७ वर्षीय युवक चेतन भट्टको ज्यान गएको छ । प्रदर्शनको क्रममा युवकलाई गोली लागेपछि अस्पताल लगिएको थियो । अस्पताल पु¥याईएपछि भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि आन्दोलनकारीले शव बोकेर जिप्रका अगाडि लैजाँदै गर्दा प्रहरीले उक्त शव नियन्त्रणमा लिएर राखेको छ ।

मृतकको शव प्रहरीले राखे पनि अस्पताल र प्रहरी दुवै निकायले आधिकारिक भनाइ दिन मानेका छैनन् । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीले नै दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हवाइ फायर गरी गोली चलाएको थियो । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू