अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

साना तथा मझौला उद्यम व्यवसाय विकासको वातावरण बनाउन अध्यक्ष राणाद्धारा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ भदौ ८ गते ८:२६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले साना तथा माझौला व्यवसायी महासङ्घ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला (Women SME Trade Fair) को आज एक विशेष समारोहका बिच ललितपुरमा उद्घाटन गर्नुभयो ।

हिन्दु नारीहरूको महान् चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन गर्ने उद्देश्यले याक प्यालेस, पुल्चोक ललितपुरमा आयोजित उक्त मेला तीन दिनसम्म सञ्चालन हुने छ । उक्त मेलामा विभिन्न जिल्लाका साना तथा माझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष राणाले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा माझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा राख्नु भयो ।

सरकारले यस क्षेत्रको विकासमा विशेष गरी सहज रूपमा ऋणको व्यवस्था, बजार पहुंच तथा प्रवर्द्धन र नविनतम तकनिकीमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट पार्नुभयो ।

यो क्षेत्रलाई विस्तार हुने वातावरण बनाइदिन आवश्यक रहेको जसले गर्दा दिगो रूपमा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने धारणा अध्यक्ष राणाले राख्नुभयो । उद्यमशीलता प्रवर्द्धन मार्फत मुलुक भित्र रोजगारीको पर्याप्त अवसर सृजना गर्न सकिने अध्यक्ष राणाले बताउनु भयो । मेला महोत्सवले व्यवसाय प्रवर्द्धनमा ठुलो भूमिका खेल्नुका साथै विशेष गरी महिला दिदी बहिनीहरूलाई व्यवसाय सञ्चालनमा थप ऊर्जा मिल्ने धारणा समेत राख्नुभयो ।

समय समयमा आयोजना गरिने मेला महोत्सव मुलुकभित्र साना तथा माझौला उद्यमको यथार्थ वस्तु तथ्य बाहिर ल्याउन कोषेढुंगा हुने विश्वास लिएको अध्यक्ष राणाले बताउनुभयो ।

उद्यमी व्यवसायीहरूको प्रयासमा निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ सदैव साथमा रहने विश्वास दिलाउन हुंदै अध्यक्ष राणाले मेलाको पूर्ण सफलताको कामना गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू