अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

मन मगन र गोरी काली सानी मोरी युरोपमा

द्वारिका महर्जन, ओस्लो, नर्वे २०७५ भदौ ८ गते ८:०४ मा प्रकाशित

नेपालका चर्चित पप गायक दीपक बज्राचार्य, गायिका नलिना चित्रकार तथा रिदम बैंडका (बिकी शाक्य, रिकी शाक्य र रौनक कायस्थ) युरोपका विभिन्न देशहरूमा कन्सर्ट गर्ने क्रममा शनिवार, ११ अगष्ट २०१८ मा नर्वेको ओस्लोमा पहिलो कन्सर्ट भव्यताका साथ सम्पन्न भयो ।

सो कन्सर्टमा नलिना चित्रकारले आफ्नो चर्चित गीत ‘गोरी काली सानी मोरी जे भने नि हुन्छ, मलाई मेरै नेपालीको नाम दिए पुग्छ’ बाट सुरु गर्दै कन्सर्टका दर्शकहरूलाई नचाएका थिए । उनीले आफ्ना चर्चित पुराना तथा नयाँ गीतहरूले दर्शकहरूलाई नाच्नमा व्यस्त गरेकी थिइन् । साथै आफ्ना समकालीन गायक/गायिकाहरू र अग्रजहरूको गीतहरू पनि प्रस्तुत गरेकी थिइन् ।

कन्सर्टको अर्को आकर्षण दीपक बज्राचार्य र रिदम बैंडको संयुक्त लाइभ प्रस्तुति रहेको थियो । दीपक बज्राचार्यले बहुचर्चित गीत ‘ओ अमिरा’ द्वारा कन्सर्टको माहौललाई जिवन्तता बनाएका थिए । प्रस्तुतिकै क्रममा उनले आफ्ना पुराना बहुचर्चित गीत ‘काली काली’ लगायत अरू चर्चित गीतहरूले सम्पूर्ण दर्शकहरूलाई नाच्न उत्प्रेरित गरेका थिए । नेपालका विभिन्न समुदायहरूको संस्कृतिहरूलाई समावेश गरिएको उनको बहुचर्चित नयाँ गीत ‘मन मगन’ प्रस्तुत गर्दा सम्पूर्ण दर्शकहरूले हृदय देखि ठुलो साथ र माया प्रदान गरिएको थियो । उक्त गीतमा नर्वेका स्थानीय कलाकारहरूले नेपालको सांस्कृतिक नाच लाखे र पुलु किसीको पनि प्रस्तुत गरिएको थियो ।

उक्त कन्सर्टमा गायकहरू विष्णु छेत्री र सीताराम पोखरेलको पनि प्रस्तुति रहेको थियो । दुवै गायकद्वयहरुले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । उहाँहरूले प्रस्तुत गरेका गीतहरूलाई दर्शकहरूले धेरै प्रशंसा गरेका थिए ।

करिब २०० दर्शकहरूले उत्कृष्ट मनोरञ्जन लिएको सो कन्सर्ट हाम्रो इभेन्ट, ओस्लोले आयोजना गरेको थियो । युरोपका विभिन्न देशहरूमा कन्सर्टको व्यवस्थापन हाम्रो इभेन्ट, नर्वे र सञ्जाल री, फिनल्याण्डले संयुक्तरुपमा गरिरहेका छन् । 

फोटो सौजन्य: गणेश फोटोग्राफी, डा. मनोहर प्रधान

प्रतिक्रिया