अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

अमेरिका आउन २० वटा मूल मन्त्रहरू

बिजय थापा, भर्जिनिया २०७५ भदौ ७ गते २०:०९ मा प्रकाशित

अन्तर्वार्ता दिन सबैले तयार गर्नै पर्छ । सामान्य नागरिकको हकमा सबैले तयार गर्छन् । राष्ट्र सेवक र देशको प्रतिनिधित्व गर्नेलाई यसको आवश्यकता पर्दैन । अमेरिका जानको लागि विशेष तयारी गर्नु पर्छ । तथापि यो हाम्रो भाग्यमा पनि भर पर्छ ।

अमेरिकन दूतावास भएका स्थानमा अन्तर्वार्ता दिनु पर्दा २० वटा प्रश्नका उत्तर स्मरण गर्न सके या जाने प्रवेश आज्ञा पाइने सम्भावना ज्यादा हुन्छ । भाग्यमा पनि विश्वास गर्नु पर्छ । सामान्य रूपमा गएको मानिसलाई पनि अमेरिका आउन दिएको हुन्छ भने सबै कुरा प्रस्तुत गरेता पनि प्रवेश आज्ञा रोकी दिन्छ ।

अमेरिकन राजदूतावासमा हजारौँ हजार मानिसका प्रवेश आज्ञा अस्वीकार हुन्छन् । यस्तो भए पछि मानिस दुखी हुन्छन् । तथापि हिम्मत हार्नु हुँदैन । यदि २० वटा मूल मन्त्रहरू जानी राखे सम्भावना ज्यादा हुन्छ ।

मूल मन्त्रहरू

किन अमेरिका जान चाहनु हुन्छ ? या किन अमेरिका जाने ? ;यसको उत्तर यहाँलाई पुरा थाहा हुनु पर्छ । र अन्तर्वार्ता लिने लाई यहाँले दृढ विश्वास दिलाउनु पर्छ । याद गर्ने र राम्रो उत्तर दिने प्रयास गर्नुस् ।

कहिले यस अघि अमेरिका जानु भएको थियो ? यो पनि पटक पटक सोधिन्छ तयार रहनु । गएको छ भने मात्र भन्नु नत्र ढाँट्नु हुँदैन ।

३ यस पटक किन अमेरिका यात्रा गर्ने योजना बनाउनु भयो ? ;यो पनि बारम्बार सोधिने प्रश्न हो । तपाईँले यसको उत्तर राम्रो सँग जान्नु पर्छ । अक्मकिने र टाउको कनाउने भन्ने कुरै हुँदैन ।

अमेरिका कोसँग जाने ? कहिले कहीँ तपाईँ को सँग जाने ? ;आफन्त कि साथीभाइ सँग भन्ने प्रश्न आउँछ । अमेरिकामा रहेका आफन्त साथीभाइ सँग भेट घाट गर्न जान्छु भन्यो भने कारण र सबै कुराको ज्ञान हुनु पर्छ ।

अमेरिकाको कुन ठाउँ जाने ? ;यो पनि पटक पटक गरिने प्रश्न हो । कहाँ जाने भन्ने कुरा अति जान्न जरुरी हुन्छ । तपाईँलाई जसकोमा जाने हो सबै विस्तृत जानकारी राख्नु पर्छ ।

कति समय अमेरिकामा बिताउने ? ;आफ्नो यात्रा प्रवेश पत्र हेर्ने अर्थात् टिकट र जाने मिति ? सबै कुरा को बारेमा याद गर्न जरुरी हुन्छ । यस्ता कुरामा आफू काम गर्ने कार्यालयमा सबै कुराको जानकारी दिनु पर्छ । दूतावासले छड्के जाँच गर्दा कैयौँ को प्रवेश आज्ञा अस्वीकार गरिएको छ । सबै कुराको चाजो मिलाएर अन्तर वार्तामा जाने ।

यदि यहाँले अमेरिकन प्रवेश आज्ञा प्राप्त गरेको छ भने त्यो १० वर्षको लागि पटक पटक प्रवेश गर्न अनुमति दिने भन्ने जनाउँछ ।

के तपाईँ समय भन्दा अगाडी पनि फर्कनु हुन्छ ? ;यस्तो प्रश्न गर्दा चलाख हुनु पर्छ । टिकट मा निश्चित समयको लागि हुन्छ तर उत्तर फरक आएमा गड बढ पनि हुन्छ । समय मा जाने र समयमा फर्कने भन्नु पर्छ ।

अमेरिकाको बसाइमा कति खर्च हुन्छ ?; यो कुरामा आफूले ध्यान दिनु पर्छ । आफू अमेरिका गए पछि कति खर्च गर्छु भन्ने कुरा स्मरण गर्नु पर्छ । सोधी हाले भने याद मुखैमा हुनु पर्छ ।

आफू के गर्नु हुन्छ ? ;अर्थात् आफ्नो बारेमा जागिर या व्यवसाय या उद्योग के गर्नु हुन्छ । त्यो भन्नु पर्छ । तपाईँ नेपाल मै स्थापित हुनु हुन्छ भन्ने उनीहरू विश्वस्त हुनु पर्छ । तपाईँ सँग अमेरिका गए पनि फर्कने भन्ने कुराहरू भएमा प्रवेश आज्ञा पाउनु ठुलो कुरा हुँदैन । विश्वास र भरोसा भएमा तु प्रवेश आज्ञा जारी हुन्छ ।
त्यो पाउन पनि भाग्यशाली हुनु पर्छ ।

१० कति कमाउनु हुन्छ ; अमेरिकन नागरिकको तुलनामा डलर को हिसाबले निकै कम हुन्छ । तर नेपाली कमाई राम्रै भएता पनि अमेरिकामा गएर खर्च गर्न निकै हम्मे हम्मे पर्छ । अर्थात् राम्रो कमाई छ भने अमेरिका जान र घुम्न सक्छ भनेँ कुरामा विश्वस्त भएमा प्रवेश आज्ञा दिन आइतबार कुरी रहनु नपर्ने हुन्छ । तपाईँले पाउनु हुन्छ ।

११ यात्राको आर्थिक खर्च कसरी जुटाउनु हुन्छ ? ;आफूले कमाएको प्रमाण पुर्‍याउनु पर्छ । यदि कसैले तपाईँ लाई प्रयोजन गरेको छ भने पनि जानकारी दिनु पर्छ । उनीहरूले दिएको कागजात र अन्य प्रमाणहरू बुझ्नु पर्छ । यसो गरेमा विश्वास लागेमा तपाईँ अमेरिकाको भ्रमण लाई बाटो खुल्दछ । अर्थात् प्रवेश आज्ञा पाउनु हुन्छ । यसका लागि बैङ्क का कागजात ,कर तिरेको अन्य कागजपत्रहरू सहित साथमा लागेमा भाग्यशाली हुने सम्भावना हुन्छ ।

१२ तपाइको कुनै परिवार सदस्य या आफन्तहरू अमेरिकामा छन् ? ;यो प्रश्न निकै गरिन्छ । अहिले अमेरिका सबैको कोही न कोही हुन्छन् ।जे छ आफूले भनी दिनु पर्छ । यदि सोधेमा सबै जानकारी राख्नु पनि पर्छ । छ भने पछि कहाँ छ ,को हो भन्ने प्रश्न आए पछि भन्न सक्नु पर्छ । कहिलेकाहीँ तस्बिरहरू समेत देखाएर यो को हो भन्ने पनि सोध्ने गरिन्छ । यसमा तपाईँ अक मकाउनु हुँदैन ।

१३. साथीभाइ छन् ? ;यो प्रश्न पनि गर्ने सम्भावना हुन्छ । छ भने आधारभूत सूचना राख्नु पर्छ । स्मरण गर्नु होला ।

१४ आफन्त या साथीभाइ को ठेगाना बताउन सक्नुपर्छ ; अन्तर्वार्तामा प्राय ठेगाना घोक्नु पर्छ । ठेगाना भन्न नसकेको कारण पनि प्रवेश आज्ञा अस्वीकार भएका मानिसहरू छन् । डिसी ,भर्जिनिया मात्र नभनी विशेष सहर र अन्य विस्तृत ठेगाना समेत भनेमा विश्वास गर्ने हुनाले अमेरिका औ अनु अघि यस्ता कुराहरू ख्याल राख्नु पर्ने अपरिहार्यता हुन्छ ।

१५ आफन्त या साथीभाइ अमेरिका बसोबास भएको कति भयो ; यो प्रश्न पनि पटक पटक सोध्ने गरिन्छ । या गर्न पर्छ । अमेरिका आउने हो भने कहाँ बसेको छ करी वर्ष भयो र अमेरिका औनिको मुख्य उद्देश्य सहित जान्नु पर्ने हुन्छ ।

१६ आफन्त या साथीभाइ को काम ; आफन्त या साथीभाइहरू के काम गर्छन् भन्ने कुरा पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ । आफूले कथा कदापि बनाउनु हुँदैन । यहाँले जान्नै पर्छ यसो भएमा सत्य रहेछ भन्ने ठानिने हुनके याद गर्नु जरुरी हुन्छ ।

१७ अमेरिका गए पछि काम गर्नु हुन्छ ; यो प्रश्न गरेमा सिधा गर्दिन भन्नु पर्छ । तपाईँलाई काम दिन अमेरिकाको लागि प्रवेश आज्ञा दिएको हैन । भुलेर पनि गर्दिन भन्नु पर्छ । यत्रो खर्च भएको छ काम गरेर पैसा निकाल्छु भन्नु हुँदैन । अमेरिकामा अकं गर्न को लागि अनुमति चाहिन्छ । थुप्रै कागजात बुझाउनु पर्छ ।

१८ अमेरिकाको लागी टिकट लिनु भो ; टिकट रोकेको मात्र छु भन्नुपर्छ । टिकट नदिई लिई सकेको भन्नु हुँदैन । र टिकट को मिति र तिथि ,कहाँ जाने भन्ने कुरा स्मरण गर्नु पर्छ । टिकट आरक्षित गर्नु पर्छ र प्रवेश आज्ञा प्राप्त गरे पछि मात्र टिकट खरिद गर्छु भन्नु पर्छ ।

१९ अन्य देश को यात्रा गर्नु भएको छ ; यसमा हामी इमानदारी हुनु पर्छ । गएको छ भने प्रवेश आज्ञामा मै सबै कुरा छाप लगाएको हुन्छ । यो हामी सबैलाई थाहा छ । अन्य देश घुमेर आएको छ भने अमेरिका को अलागी प्रवेस्ग आज्ञा दिने ज्यादा सम्भावना पनि हुन्छ । तसर्थ बाहिर देश जाने र अन्तिम लक्ष्य अमेरिका रहेकोले अन्तिममा प्रयास गर्दा हुने सम्भावना पनि बढी हुन्छ ।

२० तपाईँ अमेरिकाबाट फर्कने आधार के के हुन् ; सबै भन्दा मुस्किल उत्तर यो हुन्छ । सपना को देश अमेरिका भएकोले अमेरिका आएका मानिस फर्कदैनन । न फर्कने भन्ने मात्र सवाल हैन ,कामको प्रवृत्ति ,आफ्नो व्यवसाय र घरको स्थिति आदि तथा अन्य थुप्रै कारण बाट मानिस आफ्नो देश फर्कन्छन् । तर नेपाल को सवालमा अधिकांश अमेरिकामै बस्ने उपाय खोज्दछन् । अमेरिकाले विश्वास गरेमा कागजात प्रस्तुत गरेमा अमेरिका बस्न दिन्छ ।

यस्ता मुलमन्त्रहरु याद गर्दैमा अमेरिका जान पाइने भने कुराहरू हैन । तथापि हामीले याद गरेमा र यस्ता कुराहरू जानेमा सम्भावना को द्वार खुल्ने छ । कोसिस गरौँ । यहाहरुलाई अग्रिम शुभकामना ।

स्रोत :टुमन्की ट्रावेल ग्रुप