अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

विम्स्टेक शिखर सम्मेलनको तयारी पूरा

बिआरटीनेपाल २०७५ भदौ ७ गते १०:०० मा प्रकाशित

काठमाणडौ।सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरुको पहल (विम्स्टेक) शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ । आगामी साता भदौको १४ र १५ मा काठमाडौंमा आयोजना हुन लागेको विम्स्टेक शिखर सम्मेलनमा सदस्य देशका कार्यकारी प्रमुखहरु सभागी हुँदैछन् । परराष्ट्र मन्त्रालष्का अनुसार, सबै सदस्य देशका कार्यकारी प्रमुख आउने निश्चित भएको छ । विम्स्टेक शिखर सम्मेलनको पूर्व सन्ध्यामा भदौ १२ र १३ मा सदस्य राष्ट्रहरुका परराष्ट्र मन्त्रीहरुको बैठक बस्नेछ ।

नेपाल विमस्टेकको अध्यक्ष राष्ट्र हो । सम्मेलन आयोजक राष्ट्र अध्यक्षका रुपमा रहन्छ । सम्मेलनमा सहभागी सबै राष्ट्रका कार्यकारी प्रमुखहरुलाई भदौ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गरेकी छिन् । सोही दिन साँझ विमस्टेकका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र प्रमुख र सरकार प्रमुकहरुको सम्मानमा रात्रीभोज आयोजना गर्ने भएका छन् । विमस्टेकमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यानमार र श्रीलंका सदस्य छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्त सम्मेलनमा भाग लिन आउनेछन् ।

दुई दिने सम्मेलनका क्रममा सबै क्षेत्रका सहयोगका सम्बन्धमा समीक्षा गरिनेछ र भदौ १५ मा सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी हुनेछ । सम्मेलनका क्रममा यातायात सम्पर्कसञ्जाल, उर्जा तथा प्रसारणलाइन, जलवायु परिवर्तन र हरित अर्थतन्त्र तथा आतंकवाद नियन्त्रणका बारे छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू