अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर वित्तीय नियम उल्लघंन गरेको पुर्व वकिल कोहेनको आरोप

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाउनुभएको छ । करिब एक दशकसम्म ट्रम्पको वकिलको रुपमा काम गरेका कोहेनले अमेरिकाको म्यानहटन अदालतमा राष्ट्रपति ट्रम्प विरुद्ध वित्तीय नियम उल्लंघनको आरोप लगाउनुभएको हो ।
तर, यो आरोपको ट्रम्पले खण्डन गर्नुभएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पसँग यौन सम्बन्ध रहेका दुई प्रेमिकालाई मौन बस्न लगाउन रकम दिएको आरोप लाग्दै आएको छ । कोहेनले उम्मेदवार ट्रम्पले भनेकाले आफूले रकम दिएको स्वीकार गर्दै आउनुभएको छ । त्यसको उद्देश्य राष्ट्रपति निर्वाचन प्रभावित पार्ने उद्देश्य रहेको कोहेनको भनाई छ । चुनाव जित्न रुससँग गोप्य साँठगाँठ गरेको आरोप पनि ट्रम्पलाई लागेको छ ।

प्रतिद्वन्द्वी हिलारी क्लिन्टनका गोप्य वार्ता र डाटाहरु कम्प्युटर ह्याक गरेर चोरेको कुरा यसअघि सार्वजनिक भएको थियो । ट्रम्पका पूर्व वकिल कोहेनलाई कम्प्युटर ह्याकबारे पनि जानकारी भएको उनका वकिल ल्यानी डेभिसले बताएका छन् । डेभिसका अनुसार कोहेन ट्रम्पका बारेमा सबै कुरा बताउन तयार देखिएका छन् । ट्रम्पले भने कोहेनले भनेको कुराको खण्डन गर्नुभएको छ । चुनावी कोषबाट रकम नदिएको र रुससँग साँठगाँठ नगरेको राष्ट्रपति ट्रम्पको दावी रहदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू