अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

रसुवागढी नाका तत्काल सञ्चालन गर्न सांसद आचार्यको माग  

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:३८ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले रसुवा गढी नाका तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ । सङ्घीय संसद्मा आज विशेष समय लिएर बोल्नुहुँदै सांसद आचार्यले पासाङ ल्हामु राजमार्ग वर्षाताका कारण बन्द हुँदा जनताले धेरै दुःख पाएको भन्दै तत्काल सुचारु गर्न सरकारसँग माग गर्नुभएको हो ।

“भूकम्पले हल्लाएको जमिनमा धाँजा फाटेको छ, वर्षाले धाँजामा पानी पस्दा ठूलठूला पहिरो गएको छ, यसका लागि सरकारले विशेष ध्यान दिओस्”–उहाँले भन्नुभयो । बाटो तथा संरचना निर्माण गर्दा भूगर्भको अध्ययन गरेर निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

सांसद आचार्यले साउन १० गते टिमुरेमा गएको पहिरो र गोसाइकुण्ड तीर्थ गर्न हिँडेका तीर्थयात्रीको निधन भएकोमा दुःख व्यक्त गर्दे उक्त घटनामा परी घाइते भएका जनताको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

उहाँले नेपालको एक मात्र चीन जोड्ने नाका एक महिनादेखि अवरुद्ध हुँदा हजारौँ मालवाहक सवारी साधन रोकिँदा सामानहरू कुहिनुका साथै हराउने गरेको भन्दै यसको समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू