अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

सिरियामा ६३ हजार रुसी सेना पठाईयो

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:३९ मा प्रकाशित

रुसले सिरियामा भइरहेको द्वन्द्व व्यवस्थापनको लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो । मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव भएका व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको बताएका छन् ।

उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृत स्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेको बताइएको छ । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिनुभएको छ । सन् २०११ देखि सुरु भएको सिरिया युद्वमा परी अहिलेसम्म ३ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने लाखौं नागरिकहरु विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू