अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

मुलुकमा रोजगारीको अवस्था सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने–प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:२८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा रोजगारीको अवस्था सृजना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने वताउनुभएको छ । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज काठमाण्डौंमा उदघाटन गर्दै उहाँले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर पनि छल्न नहुने बताउनुभयो ।

अलिे मुलुकमा वलियो सरकार रहेकोले जनता र व्यवसायीबाट आएका गुनासालाई सम्बोधन गर्ने उल्लेख गर्दै उहाँले पार्टीका तर्फबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले आगामी दिनमा स्वदेशमै रोजगारीको सिर्जना गर्नेलाई राज्यले प्रोत्साहन गर्ने खालको नीति निर्माणमा सरकारले ध्यान दिनका लागि आफूले भूमिका खेल्ने र नेपालका उद्योग व्यवसायलाई सेवामुखी संस्थाका रुपमा विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा वोल्दै पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकमा पार्टी प्यालेस र क्याटरिङ व्यवसाय फस्टाउँदै गएको र सकेसम्म हरेक कार्यक्रम देशभित्र गर्दा देशको अर्थतन्त्रमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालका अध्यक्ष अनिल शर्माले सामाजिक सुधार ऐन २०३३ संशोधनका क्रममा संसद्मा विचाराधीन रहेको हुँदा देशको खुल्ला अर्थनीतिलाई सहयोग पुग्ने नीतिअनुरुप कुनै खालको सीमा तोक्न नहुने माग गर्नुभयो । सामाजिक सुधार ऐन २०३३ अनुसार विवाहमा ५१ जनामात्र जन्ती लानुपर्ने, निश्चित खर्च गर्नुपर्नेजस्ता सीमा राख्न नहुने व्यवसायीको माग छ । देशभर चार हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू