अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

बेल्जियममा नेपालको प्रस्तुति सँगै झन्डा फरर

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:०० मा प्रकाशित

“सांस्कृतिक आदान-प्रदानबाट नेपाललाई विश्व सामु परिचित गराउँदै

चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालीको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन्, यो दृश्य हालै बेल्जियममा सम्पन्न अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०१८ को हो ।

बेल्जियमको पर्यटकीय सहर नामुरमा अगस्ट १७ देखी २१ सम्म सम्पन्न भएको 58th International Folklore Festival मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ।बेल्जियममा आयोजित मेलाको सम्पूर्ण प्रचार-प्रसार सामाग्रीमा नेपाली कलाकार र नेपाली मौलिक्तालाई प्राथमिकताका साथ प्रचार-प्रसार गरिएको थियो। 

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाल सहित बेल्जियम, जोर्जिया, इटली, कोलम्बिया, इजिप्ट, केन्याको सांस्कृतिक समूहले भाग लिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको नेतृत्व तथा ग्रुपका निर्देशक द्वय शीतल आचार्य र मिरज कोइरालाको निर्देशनमा गएको थियो। टोलीले मेला अवधिभर नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुति प्रस्तुत गरेको थियो । सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्याउरे, तामाङ, झोडा, सतार, शेब्रु, धिमाल, यती, सोरठीका साथै दर्जनौँ नृत्यहरू प्रदर्शन गरियको थियो।

मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरू शीतल आचार्य, मिराज कोइराला नृत्यतर्फ रुपिन डङ्गोल, भवनी कोइराला, उदिराम खड्का, राजु गिरी, प्रमिल रिजाल, अनिता अधिकारी, गौरी ढकाल कोइराला, सुमित्र तामाङ, तथा वाद्यवादन तथा गायक गायिका तर्फ वरिष्ठ बसुरीबादक राम बहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेस्वोर तिवारी, वरिष्ठ लोक गायक चन्द्र शर्मा, गायिका रिता बुढाथोकी भुजेल, गायक अर्जुन सुनाम सहभागी भएका थिए। 

सोही अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशकद्वय शीतल आचार्य (सिता) तथा मिराज कोइरालाले नामुरका गवर्नर तथा नगरपालिका प्रमुखका साथै उपस्थित सम्पूर्ण महानुभाव तथा कार्यक्रम आयोजकहरूसँग भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रबर्द्धन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनु भयो।

कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन् तर कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मे सम्म थाहा छैन, नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति मार्फत विश्व भर राजदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवास्ता सम्मान गर्नु पर्दछ। कला संस्कृतिलाई प्रबर्द्धन तथा सम्बन्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुझ्नु जरुर छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू