अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

सान फ्रान्सिस्कोमा नेपाली कम्युनिटी सेन्टर निर्माणकोलागि दस लाख भन्दा बढी संकलन

बिआरटीनेपाल २०७५ भदौ ७ गते ८:३८ मा प्रकाशित

सान फ्रान्सिस्को बे एरियामा हालै सम्पन्न धार्मिक महोत्सवमा त्यहाँ निर्माण हुन लागेको नेपाली कम्युनिटी सेन्टरको लागि १० लाख भन्दा धेरै चन्दा उठेको छ। सो रकम धार्मिक महोत्सवमा सहभागी भक्तजनहरूबाट सङ्कल्प गरिएको हो। सो अवसरमा आ आफ्ना गक्ष अनुसार दान गरेको मा सर्वाधिक एक लाख डलर सम्म सङ्कल्प प्राप्त भएको कुरा धार्मिक महोत्सवका संयोजक तथा एन ए एन सी का वरिष्ठ उाधक्ष ईश्वर सिटौलाले बताउनु भयो। अगस्त १२ देखी अगस्त १९ सम्म भएको सो धार्मिक महोत्सवको समापन समारोहमा महा वाणिज्य दूत ॠषि ढकाल लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहित सयौँ व्यक्तिहरूको उपस्थिति थियो। सो धार्मिक महोत्सव बुद्ध धर्मका धर्म गुरुहरू तथा वाचन प्रवीणको नामले चिनिएका पसिद्द पुराण वाचक दिनबन्धु पोखरेलको नेतृत्वमा सम्पन्न भएको एन ए एन सी महा सचिव प्रितेश कार्कीले बताउनु भयो।

त्यसै गरी स्टेट अफ क्यालिफोर्नियाबाट अनुमति लिई र्याफल टिकट बेची कोष सङ्कलन गर्ने प्रयास स्वरूप सोही अपरान्ह र्याफल चिट्ठा खोलिएको छ। अत्यन्त सनसानीपूर्ण वातावरणमा खोलिएको सो चिट्ठामा टोयोटा क्याम्री कार २०१८ पाउने भाग्यमानी व्यक्ति क्यास्ट्रो भ्याली निवासी सुनिल धिताल रहेका छन् भने दोस्रो पुरस्कार (हिराको हार वा दस हजार डलर नगद) नवराज थापा र तेस्रो पुरस्कार (रोलेक्स घडी वा पाँच हजार डलर नगद) विवेक श्रेष्ठलाई परेको छ । चौथो पुरस्कार (सुनको सिक्का वा १२५० डलर नगद) पाउनेहरूमा सङेश श्रेष्ठ राजेन्द्र शेरचन, डिल्ली राज पौडेल तथा सञ्जीव प्रधान रहेका छन् । टेक्सस अस्टिन निवासी पदम थापालाई शान्ताविना (नेपाल जाने आउने टिकट वा एक हजार डलर नगद) परेको छ। 

नेपाली कम्युनिटी सेन्टर उत्तर क्यालिफोर्नियाको सर्वाधिक पुरानो र छाता सङ्गठनको रूपमा मानिएको नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाको पहलमा यस भेगका सक्रिय सङ्घ संस्थाहरू नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया, शनि सगरमाथा समाज, मदर ल्यान्ड नेपाल, द ह्वेट जोन, कृयटिभ नेपाल युथ अर्गनाजेसन, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, तथा नेपाल असोसियसन अफ ग्लोबल को अपरेसन एन ए जी सी रहेको मा हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टर, तामाङ को अपरेसन सोसाइटी तथा जम्मा ११ वटा सङ्घ संस्थाहरू सह संस्थापकको हैसियतमा कार्यरत छन् । 

सो धार्मिक महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न भएकोमा महोत्सवका संयोजक तथा एन ए एन सी का वरिष्ठ ऊपाधक्ष तथा विभिन्न सङ्घ संस्थामा आबद्ध वरिष्ठ समाजसेवी ईश्वर सिटौला, एन ए एन सी अध्यक्ष रविन्द्र कुमार राई तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष, पश्चिम अमेरिका नेपाली महा सङ्घका अध्यक्ष सम्मानित समाजसेवी उत्तम कार्कीले वाचन प्रवीण दीन बन्धु पोखरेल, उदार चन्दा दाताहरू, अहोरात्र खट्ने स्वयम् सेवकहरू, संस्थापक सङ्घ संस्थाहरू तथा प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ। यसरी लामो समय देखी देखिएको कम्युनिटी सेन्टरको सपना अब पुरा हुने भएको छ । 

नेपाली कम्युनिटी सेन्टरलाई हाँकेर यहाँ सम्म पुर्‍याउने एन सी सी अध्यक्ष उत्तम कार्कीको सर्वत्र प्रशंसा भएको छ । यो सपनालाई तात्विक निष्कर्षमा पुर्‍याउन उहाँको नेतृत्वलाई निरन्तरता दिन पर्ने अधिकांश सहभागीहरूको माग रहेको छ । नयाँ नेतृत्व आउँदा विकासको गतोमा अलमल हुने हुँदा हाल कार्यरत समिति नै यथावत् हुन पर्ने माग सर्वत्र आएको पर्यबेक्षकहरु बताउँछन् ।

More Pictures:

धार्मिक महोत्सव अन्तिम दिन Click here

धार्मिक महोत्सव 2018

नदर्न क्यालिफोर्निया धार्मिक महोत्सव भागवत वाचनको चौथो दिन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू