अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

महावीर पुन कोलोराडो आउँदै

बिआरटीनेपाल २०७५ भदौ ६ गते १९:२७ मा प्रकाशित

सूचना र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर ख्याति कमाएका महावीर पुन कोलोराडो आउने भएका छन् । उनले नेपाललाई विकसित देशका सूचीमा राख्नको लागी राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न अभियान चलाएका छन् । उनीसँग भेटने तथा रात्रि भोजको कार्यक्रम आगामी सेप्टेम्बर ५ तारिखमा ब्रुमफिल्डको याक एन्ड यती रेस्टुरेन्टमा राखिएको छ । रात्रि भोजको लागि २५ डलर तोकिएको छ ।

देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र साधनलाई विशेष प्रोत्साहन दिई उनीहरूको प्रतिभाको अधिकतम उपयोग गर्ने, नेपालमा नै वैज्ञानिक आविष्कार तथा प्रविधिको विकास गर्ने कार्यलाई उच्च महत्त्व दिने र प्रतिभावान् नेपालीहरूको प्रतिभालाई प्रोत्साहन गर्ने साथै नेपालको अर्थतन्त्र बलियो बनाउन निर्यातमुखी उद्योगलाई आवश्यक सहयोग गर्ने उदेश्यका साथ राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न महावीर पुन लगायत उनको संस्था नाइस नेपाल जुटेको छ ।

सबै नेपाली मिलेर देशमा नै विज्ञान तथा प्रविधिको विकास गर्नक सकेको खण्डमा आगामी ३० वर्षमा नेपाललाई विकसित देशको सूचीमा सूचीकृत गर्न सकिने पुनको विश्वास छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू