अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

एनआरएनको नर्थ क्यारोलाइना च्याप्टरले गर्‍यो केरीमा स्याण्ड भलिबल प्रतियोगिता

बिआरटीनेपाल २०७५ भदौ ६ गते १९:१४ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको नर्थ क्यारोलाइना च्याप्टरले गत अगष्ट १८ र १९ मा नर्थ क्यारोलाइनाको केरी सहरमा स्याण्ड भलिबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नर्थ क्यारोलाइनाको रिसर्च पार्क क्षेत्र वरपरका सात समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा लायन्स समूह पहिलो, आरटीपी समूह दोस्रो र एनसीएनसी बोर्ड समूहले तेस्रो स्थान प्राप्त गरेका थिए । विजयी समूहहरूलाई गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष बाबुराम पोखरेल र कार्यक्रमकी प्रमुख अतिथि तथा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाकी उपाध्यक्ष्य राधा पौडेलले ट्रफी, मेडल र प्रमाण-पत्र वितरण गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले खेलमार्फत स्थानीय नेपाली समुदाय बिच चिनाजानीलाई बढाउने र सामाजिक भावनालाई अझ फराकिलो पार्ने उद्येश्यका साथ आयोजना गरिएको कार्यक्रम समुदायका सदस्यहरूको उत्साहजनक सहभागिताका कारणले सफल भएको बताउनुभयो । अध्यक्ष पोखरेलले पुरस्कार सौजन्यताको लागि एन आर एन आइ सी सी अमेरिका क्षेत्रका संयोजक गौरी जोशी र भास्तिका कम्पनीलाई आयोजककातर्फ बाट धन्यवाद प्रकट गर्नुभयो । प्रमुख अतिथि राधा पौडेलले युवाहरूलाई परिचालन गरी मनोरञ्जन र सामाजिक सद्भाव बढाउने कार्यक्रम आयोजना गरेकोमा नर्थ क्यारोलाइना च्याप्टरलाई धन्यवाद दिँदै प्रतियोगितामा विजयी समूहहरूलाई बधाई दिनुभएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू