अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

भारतको केरलामा वर्षा र वाढीका कारण १० लाख मानिस विस्थापित

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:३१ मा प्रकाशित

भारतको केरलामा भारी वर्षा र वाढीका कारण १० लाख भन्दा वढी मानिस विस्थापित भएका छन् । एक साता लामो वर्षा र बाढीका कारण उनीहरु विस्थापित भएको जनाईएको छ । विस्थापित हजारौंलाई राहत शिविरमा राखिएको छ । बाढीका कारण केरलामा ४ सय जनाको मृत्य भएको बीबीसीले जनाएको छ । बाढीको पानी नघटेका कारण अझै पनि उद्धार कार्य जारी छ । हजारौं मानिस उद्धारको पखाईमा छन् ।

केरलामा यसपाली शताब्दीकै ठुलो बाढी आएकोे भारतीय संचारमाध्यमहरुले जनाएका छन् । पानी पर्ने क्रम कम भएपछि प्रभावित क्षेत्रमा सरुवा रोगको महामारी फैलिने सम्भावना वढेसंगै सरसफाईलाई तीब्रता दिईएको छ । ४४ वटा नदी रहेको केरलामा बाँध खुला गर्न समय लगाएका कारण समेत बाढी आएको आरोप लगाईएको छ । प्रभावित क्षेत्रमा पानीको अतिरिक्त निकास नरहेको र बाँध खोल्न ढिला भएकोले वर्षाको पानी जम्मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू