अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण– पाँच एकीकृत बस्ती विकास योजना स्वीकृत

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:२३ मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प प्रभावित क्षेत्रका विभिन्न ५ स्थानमा एकिकृत वस्ती विकाश योजना स्वीकृत गरेको छ । सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाका पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको हो । बुधबार बसेको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । यसैगरी, सिन्धुपाल्चोकमै मेलम्ची नगरपालिका १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरिएको छ । सो बस्तीमा ७० घरधुरी रहनेछन् ।

सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ । प्राधिकरणले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई समेत स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित तीनधारामा होमस्टेसहितको नमूना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरिएको छ ।

बैठकले प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरूको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का लागि ४ सय ६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का लागि इन्जिनियरसहित ३ हजार २ सय ५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का लागि ७ सय ४ जना रहेका छन् ।

यसैगरी, गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर भएका व्यक्तिहरूको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख, प्रशासकीय अधिकृतहरूलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि प्राधिकरणले गरेको छ । प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि आप पहिलोपल्ट वैठक वसेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू