अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

मुलुकमा एलपीजी ग्यास सिलिन्डरको बिदाइ शुरु – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ भदौ ५ गते ८:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले एलपीजी ग्यास सिलिन्डरको बिदाइ सुरु भएको वताउनुभएको छ । मंगलबार विराटनगरमा श्रीकृष्ण गौसेवा सदनले सन्चालनमा ल्याएको ‘गोबरग्यास प्लान्ट’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाइपबाट ग्यास घरघरमा पु¥याउन सम्भव रहेको उल्लेख गर्दै विराटनगरबाट यसको सुरुवात भएको वताउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले पाइपलाइनबाट कार्यक्रमस्थलमा ल्याइएको ग्याससहित चुल्होको बटम खोलेर बायोग्यास आपूर्तिको सुरुवात गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै प्रधानमन्त्रीले पाइपलाइनबाट घरघरमा ग्यास पु¥याउने योजना सानो रुपमा शुरु भएपनि यसलाई अझ विस्तार गर्न सकिने उल्लेख गर्नुभयो । गाउँगाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा यस्ता योजनालाई विकास गर्न सकिने भएकाले त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनमा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको बायोग्यास पाइपलाइनबाट घरघरमा ग्याँस पु¥याउन थालिएको हो । वि.सं. २०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २१५ भन्दा बढी गाईको गोवरबाट ग्यास उत्पादन थालेको हो ।

विश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा पहिलो चरणमा ४०० मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको सदनले जनाएको छ । सो प्लान्टको निर्माण लागत एक करोड २५ लाख रुपैयाँ पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू