अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

संसारकै सवैभन्दा थोरै कर नेपालमा – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ ५ गते ८:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संसारकै सबैभन्दा थोरै कर लगाईएको वताउनुभएको छ । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा ओलीले नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमा कहिं कतै नभएको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा थोरै कर हुँदा हुँदै पनि चर्को कर लगाएको भन्ने सरकारविरुद्ध अफवाह फैल्याउन केही समूह सक्रिय रहेको आरोप लगाउनुभयो ।

कतै कर तिर्न नसकेर गाईबस्तु नगरपालिकालाई बुझाएको, कतै साइकल चढ्नेलाई पनि मासिक कर लगाएको, सबैथोकमा कर बढेको जस्ता सनसनीपूर्ण हल्ला फैलाउने काम भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले हल्ला भएजस्तो बास्तविकता नरहेको दाबी गर्नुभयो । कुनैपनि स्थानीय तहले साइकललाई मासिक कर नलगाएको प्रधानमन्त्री ओलीको भनाई थियो । ओलीले संविधान बनाउँदै सिंहदरबारका अधिकार गाउँमा ल्याउने भनिएको र सोहि अनुसार स्थानीय तहलाई पनि कर लगाउने अधिकार दिइएको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू