अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

सङ्गठित हुँदै एसियन समुदाय

बिआरटीनेपाल २०७५ भदौ ४ गते १७:३५ मा प्रकाशित

वासिङ्टन डिसी अमेरिकाको राजधानी वासिङ्टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबिच सामाजिक र सांस्कृतिक एकीकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सांस्कृतिक सो आयोजना गर्दै ग्लोबल इकोनोमिक फाउण्डेसनले उक्त जानकारी दिएको हो ।

एसियाका १६ भन्दा बढी राष्ट्रका समुदायबिच आप्रवासन, शिक्षा, संस्कृति आदि विषयमा सहकार्य गर्न ग्लोबल इकोनोमिक फाउण्डेसन गठन भएको छ, संस्थाका अध्यक्ष इन्दिरा कुमारले भनिन, सांस्कृतिक सहकार्यसँगै आप्रवासीका साझामा मुद्दामा अगाडि बढ्ने छौ । एसियन आप्रवासीबिच कैयन साझा मुद्दा भए पनि संगठिन हुन नसक्दा अमेरिकी सपना पुरा गर्न कठिनाइ भएकोले फाउण्डेसन गठन गरिएको उनले बताइन ।

एसियाका पाँच राष्ट्र नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरियाको संस्कृति प्रस्तुत गरिएको उक्त कार्यक्रमलाई अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले शुभकामना दिएका थिए । एसियन आप्रवासीको उत्थान र विकासका समर्पित हुने संस्थाको अठोट सह्रानिय छ । यो नौलो प्रयास सार्थक बनोस्, कार्कीले भने । आफूले अमेरिकामा भएका विभिन्न कार्यक्रम मध्ये यो नौलो एवं नयाँ सोचको भएको बताए ।

कार्यक्रममा एसियाका नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरिया, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, मंगोलिया, फिलिपिन्स लगायतका १६ राष्टर्को सहभागिता थियो ।

प्रतिक्रिया