अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

घरमै डाक्टर बोलाउन मिल्ने भनिएको एप ‘डकनक’ सुरु

बिआरटीनेपाल २०७५ भदौ ४ गते १७:२९ मा प्रकाशित

काठमाडौँ, घरमै डाक्टर बोलाउन मिल्ने भनिएको मोबाइल एप डकनक सुरु भएको छ । गत शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा एपलाई सुरु गरिएको हो । एपमार्फत प्रयोगकर्ताले घरमै डाक्टर बोलाउन सकिने कार्यक्रममा जानकारी दिइएको थियो । आफ्नो नजिक रहेको डाक्टरलाई बोलाउन सकिने र डाक्टरले पनि एप लगइन गरेर सेवा दिन सक्ने एपका सिइओ क्षितिज गौतमले जानकारी दिए ।

एपमार्फत अनलाइनबाट डाक्टरकै साथै अरू औषधि र ल्याब टेक्निसियनलाई घरमै बोलाएर नमुना लैजाने व्यवस्था एप मार्फत हुने गौतमले जानकारी दिए । एपले डक्टर अन कल नामक होम केयर समूहसँग सहकार्य गरेर सेवा दिने बताइएको छ । एप सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएकाहरूले एप सञ्चालनको व्यवहारिक चुनौतीहरूका बारेमा प्रश्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू