अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

किशनले भित्राए कान्छी (भिडियो सहित)

बिआरटीनेपाल २०७५ भदौ ४ गते १०:२८ मा प्रकाशित

काठमाडौँ, विगत केही समय देखि अमेरिकामा बसोबास गर्दै सञ्चार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सञ्चारकर्मी किशन रेग्मीले पछिल्लो क्रममा गायकको परिचय बनाएका छन् । केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छी हे कान्छी’ बोलको गीत बाट उनी गायक भएका हुन्। अहिले उक्त गीत फेरी परिमार्जित सहित रिमिक्स भर्सनमा भिडियो सहित सार्वजनिक भएको छ । यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया सँग सहकार्य गरी झन्डै दुई महिना अघि युट्युब मार्फत उक्त गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीत युट्युबमा अपलोड भएपछि दर्शकले गीतलाई रुचाएका थिए।

दर्शकको राम्रो प्रतिक्रिया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरूप उनले गीतको भिडियोलाई अहिले फेरी डान्सिङ नम्बर दिएर निर्माण गरेका छन् । छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रम विकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ । गीतमा उनीसँग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षक डान्स रहेको छ । झापाका रमणीय स्थानहरूमा छायाङ्कन भएको भिडियोमा यस पटक स्वयं गायक किशनलाई पनि देख्न सकिन्छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको सङ्गीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् ।

गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्को गीत ल्याउन मलाई दबाब आएको छ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिक्रिया दिए पछि हौसिएको छु । गायक किशनले महिलाहरूको महान् पर्व हरितालिका तीज पछि अर्को नयाँ गीत सार्वजनिक गदैछन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू