अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

एनसिसि फिन्ल्याण्डद्वारा परोपकारी दौड प्रतियोगिता

बिआरटीनेपाल २०७५ भदौ ३ गते १२:१८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ फिनल्याण्डले सन् २०१३ देखि हरेका वर्ष आयोजना गर्दै आएको परोपकारी दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरेको छ । नेपाल सरकारले सुरु गरेको शिक्षामा अभिभाकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले यस वर्ष यो प्रतियोगिताको आयोजना गरिएको हो । राजधानी हेलसिन्कि स्थित माल्मी एयरपोर्टमा सम्पन्न प्रतियोगिताबाट ९ हजार युरो भन्दा बढी रकम सङ्कलन भएको जानकारी प्राप्त भएको छ । सङ्कलित रकम विविध कारणले विद्यालय शिक्षाबाट वञ्चित नेपालका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्नका लागि खर्च गरिने एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष गौतमका अनुसार सहयोग प्रदान गरिने क्षेत्र पहिचानका लागि नेपाल सरकार शिक्षा मन्त्रालयसँग आवश्यक तथ्याङ्कको लागि अनुरोध गरिएको र तथ्याङ्क प्राप्त हुनासाथ कुनै एक क्षेत्रमा विद्यालय शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई विद्यालय पठाउने कार्यका लागि सङ्कलित सहयोग रकम खर्च गरिनेछ ।

उक्त दौड प्रतियोगिताका लागि विभिन्न उमेर भएका समूहहरू बिच प्रतिस्पर्धा गराइएको थियो । प्रत्येक उमेर समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई मेडल र प्रमाणपत्रका साथै अन्य सबै प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू